Kathmandu Press

पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने

विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा सो विषय अध्ययनका लागि २०/२० जनाको कोटा तोकेर पठनपाठन सुरु गर्न लागिएको छ। इञ्जिनियरिङ काउन्सिलले उक्त विषय अध्ययन गराउन मान्यता दिइसकेको छ। 
पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने

काठमाडाैं, असार २३ : पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ। 

विश्वविद्यालयले सम्बन्धित विषयविज्ञको सुझावका आधारमा उक्त विषयका पाठ्यक्रम स्वीकृत गरिसकेको छ। विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा सो विषय अध्ययनका लागि २०/२० जनाको कोटा तोकेर पठनपाठन सुरु गर्न लागिएको छ। इञ्जिनियरिङ काउन्सिलले उक्त विषय अध्ययन गराउन मान्यता दिइसकेको छ। 

Hardik ivf

नयाँ कार्यक्रमको पाठ्यक्रम निर्माण गर्न गठित विभिन्न समितिले पाठ्यक्रमका बारेमा छलफल गरी अन्तिम रुप दिएको छ। समितिले स्नातकोत्तर तहमा ‘अर्थक्वेक इञ्जिनियरिङ’को पाठ्यक्रमलाई परिमार्जन गरेको छ।

समितिले विभिन्न विषयविज्ञसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरुप दिएको हो। समितिमा पाठ्यक्रमसम्बन्धी विज्ञ, टिप्पणीकर्ता, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डययन प्राधिकरण, नेपाल कन्स्ट्रक्सन एशोसियसन, नेपाल उद्योग परिसङ्घ लगायतको प्रतिनिधित्व रहेको थियो। 

पाठ्यक्रमलाई अन्तिमरुप दिन आयोजित कार्यक्रममा पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले विश्वविद्यालय तथा औद्योगिक क्षेत्र जोड्न उपयोगी पाठ्यक्रम बनेकामा खुसी व्यक्त गर्नुभयो। उनले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धामा उत्रिन सक्ने दक्ष जनशक्ति उत्पादनमा पाठ्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। 

विश्वविद्यालयले स्नातक तहमा इञ्जिनियरिङ सङ्कायअन्तर्गत सिभिल, इलेक्ट्रिकल, बायो मेडिकल, इलेक्ट्रोनिक्स, कम्प्युटरलगायत विषय अध्ययन गराउँदै आएको छ। प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गरी विश्वविद्यालयले स्वदेशको माग पूर्ति गर्दै आइरहेको छ।

विश्वविद्यालयले स्नातक तहको सिभिल कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरी आगामी १० वर्षमा चाहिने जनशक्तिको प्रक्षेपण गर्दै अनिवार्य ‘इन्टर्नसीप’को व्यवस्था गरेको छ। 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्