Kathmandu Press

भारतीय कांग्रेसका नेता राहुल गान्धीको पुनरावेदन खारेज 

गान्धीविरुद्धको मानहानी मुद्दामा सुरत तल्लो अदालतले दोषी ठहर गरेपछि गान्धी उच्च अदालत गुजरात गएका थिए।
भारतीय कांग्रेसका नेता राहुल गान्धीको पुनरावेदन खारेज 

काठमाडौं, असार २२ : भारतको गुजरात उच्च अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीको पुनरावेदन शुक्रवार खारेज गरिदिएको छ।

गान्धीविरुद्धको मानहानी मुद्दामा सुरत तल्लो अदालतले दोषी ठहर गरेपछि गान्धी उच्च अदालत गुजरात गएका थिए। उच्च अदालतले गान्धीको पुनरावेदन खारेज गरे पनि अझै एक तह सर्वोच्च अदालतमा जाने बाटो भने बाँकी छ। 

Hardik ivf

सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको छ। शुरुमा फैसला सुनाएको उक्त अदालत नगर तहको हो।

त्यसपछि गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरे। उक्त कोर्टले पनि पुनरावेदन खारेज गरेपछि गान्धी उच्च अदालत पुगेका हुन्। 

अब गान्धीलाई सुनाइएको सजाय माथिल्लो अदालतबाट खारेज भएमा मात्र उनको सांसद पद पुनर्बहाली हुनेछ। यसैबीच गुजरात उच्च अदालतले शुक्रबार राहुल गान्धीविरुद्ध अन्य ८ आपराधिक मुद्दासमेत दर्ता भएको बताएको छ।

सन् २०१९ को एक चुनावी सभामा गान्धीले ‘सबै चोरको थर मोदी नै किन हुन्छ ?’ भन्दै दिएको भाषणलाई लिएर मानहानी मुद्दा दर्ता भएको थियो। 
 

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्