Kathmandu Press

तरुण दलमा नवनियुक्त खरेललाई गुल्मीका महानुभावको बधाई र शुभकामना 

खरेल निरन्तर नेपाली कांग्रेसमा क्रियाशील रहँदै आएका थिए। उनी गुल्मीको मुसिकोट नगरपालिका– ५, आँपचौरका हुन्। गुल्मी जिल्लाको राजनीतिमा अग्रज कांग्रेस नेता डिल्लीराज खरेलका सुपुत्र हुन्।
तरुण दलमा नवनियुक्त खरेललाई गुल्मीका महानुभावको बधाई र शुभकामना 

काठमाडौं, असार २२ : नेपाल तरुण दलको केन्द्रीय सदस्य बनेकोमा कृष्णप्रसाद खरेललाई गुल्मीबाट काठमाडौं आई विभिन्न पेश व्यवसायमा आबद्ध लोकतन्त्रवादी महानुभावले एक कार्यक्रम मार्फत बधाई र शुभकामना दिएका छन्। 

खरेल निरन्तर नेपाली कांग्रेसमा क्रियाशील रहँदै आएका थिए। उनी गुल्मीको मुसिकोट नगरपालिका– ५, आँपचौरका हुन्। गुल्मी जिल्लाको राजनीतिमा अग्रज कांग्रेस नेता डिल्लीराज खरेलका सुपुत्र हुन्।

Hardik ivf

वरिष्ठ अधिवक्ता तारा प्रसाद सापकोटाको सभापतित्वमा संपन्न उक्त कार्यक्रममा उपस्थित काँग्रेस केन्दीय सदस्य चन्द्रबहादुर केसी, नेपाली काँग्रेस गुल्मीका पूर्व कार्यबहादुर सभापति रवि ज्ञवाली, नेपाल विद्यार्थी संघको पूर्व सहमहामन्त्री विष्णु पन्थी, नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका सभानपति ज्ञानबहादुर कार्की, डमोक्रेटिक लयर्श एसोसिएसनका पूर्व केन्दीय सदस्य परशुराम घिमिरेलगायत गुल्मी काँग्रेसका नेताहरुले तरुण दलमा नवनियुक्त खरेलको बिषयमा विभिन्न कोणबाट धारणा राखेका थिए। 

खरेल एक स्पष्ट वक्ता, निष्ठा र इमान्दारमा रहेका व्यक्ति रहेको भन्दै कार्यकालको शुभकामना दिएका थिए। यस्तै, तरूण दलमा खरेलको आगमनले आम युवा जगतमा हौसला र उत्साह बृद्धि गरेको बताउँदै वक्ताहरुले गुल्मी काँग्रेसको राजनीतिमा समेत उर्जा मिल्ने विश्वास समेत व्यक्त गरे।

खरेल कांग्रेसको सैद्धान्तिक पक्ष बुझेका निष्टावान व्यक्ति भएकाले पार्टीलाई कमजोर बनाउने तर पार्टीको नाममा कमाउ धन्दामा लागेका आडम्वरी व्यक्तिको खिलापमा खरो उत्रने विश्वास पनि वक्ताले व्यक्त गरे। नेपाल तरूण दलको केन्द्रीय सदस्य खरेल गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ आँपचौरका हुन्। 

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्