एलओडीका अर्का सञ्चालक रुदिल पनि पक्राउ
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि प्रहरीले क्लबका सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो।
काठमाडौं, असार २२ : काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडीका सञ्चालक रुदिलबल्लव श्रेष्ठ पनि पक्राउ परेका छन्।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा प्रहरीले श्रेष्ठलाई शुक्रबार कुपन्डोलबाट पक्राउ गरेको हो।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि प्रहरीले क्लबका सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो।
यसअघि प्रहरीले एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार नै पक्राउ गरेको थियो।
प्रकाशित मिति: ११:३६ बजे, शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार