एलओडीका सञ्चालक पक्राउ
एलओडी गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो।
काठमाडौं, असार २१ : उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन्।
एलओडी गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो।
अर्का सञ्चालक सञ्चालक रुदिलवल्लव श्रेष्ठविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार