Kathmandu Press

कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैं 

पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरू हुने बताइएको छ। बैठकमा ४२ जिल्ला सभापति र १८ जिल्लाबाट प्रतिनिधि सहभागी रहेका छन् । बिहीबार २६ जना जिल्ला सभापतिहरूले जिल्ला पार्टीको गतिविधि र समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए। 
कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैं 

काठमाडौं, असार २२ : नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ। 

पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरू हुने बताइएको छ। बैठकमा ४२ जिल्ला सभापति र १८ जिल्लाबाट प्रतिनिधि सहभागी रहेका छन् । बिहीबार २६ जना जिल्ला सभापतिहरूले जिल्ला पार्टीको गतिविधि र समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए। 

Hardik ivf

आज बाँकी जिल्ला सभापतिहरूले धारणा राखेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बोल्ने कार्यक्रम छ । काठमाडौं नआएका जिल्ला सभापतिलाई जुममार्फत बैठकमा सहभागी गराइएको थियो। 

सदस्यता वितरण, नवीकरण र अभिलेकीकरण, विभिन्न तहमा गर्नुपर्ने सम्मेलन, पार्टी सञ्चालन र व्यवस्थापनबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग बैठक गरेका हुन्। 

प्रकाशित मिति: ०७:३४ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्