Kathmandu Press

अध्यक्ष नेपाल स्वदेश फिर्ता

दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट उनी स्वदेश फिर्ता हुनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
अध्यक्ष नेपाल स्वदेश फिर्ता


काठमाडाैं, असार २१ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन्।

दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट उनी स्वदेश फिर्ता हुनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

Hardik ivf

उनका अनुसार श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान गरेका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्नुभएको थियो । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रम सिंघेसँग गर्नुभएको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको उनको सचिवालयले जनाएको छ।

यसैगरी अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका थिए। प्रधानमन्त्री निवासमा करिब एक घन्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

उक्त शिष्टाचार भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको जनाउँदै दुवै देशले एकअर्कालाई आवश्यक सहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्