एकदिवसीय सिरिज न्युजिल्यान्डको ‘क्लिन स्विप’
काठमाडौं, माघ २८ : भारतविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली न्युजिल्यान्डले ‘क्लिन स्विप’ गरेको छ। मंगलबार माउन्ट माउन्गानुइमा भएको अन्तिम ....

काठमाडौं, माघ २८ : भारतविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली न्युजिल्यान्डले ‘क्लिन स्विप’ गरेको छ। मंगलबार माउन्ट माउन्गानुइमा भएको अन्तिम खेलमा भारतलाई पाँच विकेटले हराउँदै न्युजिल्यन्डले सिरिज ३–० ले क्लिन स्विप गरेको हो।
तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल न्युजिल्यान्डले चार विकेटले जितेको थियो भने दोस्रो खेलमा २२ रनको जित निकालेको थियो।
तीन वा सो भन्दा बढी खेलको एकदिवसीय सिरिजमा विदेशी भूमिमा भारत ३१ वर्षपछि एउटै खेल जित्न असफल भएको हो। सन् १९८९ मा भारतले वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिज ५–० ले गुमाएको थियो।
पहिला ब्याटिङ गर्र्दै भारतले दिएको दुई सय ९७ रनको लक्ष्य न्युजिल्यान्डले ४७.१ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो। न्युजिल्यान्डका लागि हेनरी निकोल्स, मार्टिन गप्टिल र कोलिन डे ग्रान्डहोमले अर्धशतकीय योगदान दिए।
निकोल्सले एक सय तीन बल खेल्दै नौ चौकाको सहयोगमा ८० रन बनाए भने आक्रामक इनिङ खेलेका गप्टिनले ४४ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ६६ रन बनाउँदा ग्रान्डहोमले २८ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५८ रन बनाए।
यस्तै, टम लाथमले ३२ र कप्तान केन विलियम्सनले २२ रन बनाए। भारतका युजभेन्द्र चाहलले तीन विकेट लिए भने रविन्द्र जडेजा र शार्दुल ठाकुरले एक–एक विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको भारतले केएल राहुलको शतक र श्रेयस ऐयरको अर्धशतक मद्दतमा सात विकेट गुमाउँदै दुई सय ९६ रन बनायो।
न्युजिल्यान्डमा उत्कृष्ट लयमा देखिएका राहुलले एक सय १३ बल खेल्दै नौ चौका र दुई छक्का प्रहार गर्दै एक सय १२ रन बनाए भने ऐयरले ६३ बलमा ६२ रन बनाए।
यस्तै, मनिष पाण्डेले ४४ रन बनाउँदा पृथ्वी सले ४० रनको योगदन दिए। मयंक अग्रवाल र कप्तान विराट कोहली सस्तैमा आउट भएपछि भारत सुरुआतमै दबाबमा परेको थियो। न्युजिल्यानडका हामिस बेन्नेटले चार विकेट लिए भने केल जेमिसन र जिमी निशमले एक–एक विकेट लिए।











