Kathmandu Press

अनुमतिबिना अरुको नागरिकता प्रयोग गरी वान एक्स बेटबाट कारोबार

उक्त खेलमार्फत उनले रु ३१ करोडभन्दा बढी रकमको कारोबार गरेको  पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
अनुमतिबिना अरुको नागरिकता प्रयोग गरी वान एक्स बेटबाट कारोबार

काठमाडाैं, असार २१ : वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ। 

उक्त खेलमार्फत उनले रु ३१ करोडभन्दा बढी रकमको कारोबार गरेको  पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। 

Hardik ivf

गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनाधिकृत रुपमा खातामा रु ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ जम्मा गरेर सो रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

उनका अनुसार निज अभियुक्तबिरुद्ध  दुई पीडितले  बैङ्किङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीको लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको छ। 

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्