ललिता निवास प्रकरणको वन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’
न्यायाधीश रेग्मी ललिता निवासको जग्गा प्रकणमा मुछिएकाले यो मुद्दा हेर्न नमिल्ने भएको हो।
काडमाडौं, असार २१ : ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदनमाथि आज पनि सुनुवाई नहुने भएकोछ ।
उनीहरु पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन बिहीबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ। न्यायाधीश रेग्मी ललिता निवासको जग्गा प्रकणमा मुछिएकाले श्रेष्ठ र रेग्मीको इजलासले यो मुद्दा हेर्न नमिल्ने भएको हो।
मुद्दा हेर्न नमिल्ने भएसँगै बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाईको पेशी पनि सरेको छ। यसअघि गत मंगलबार पनि याे मुद्दा हेर्न नभ्याइनेमा परेकाे थियाे।
हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको प्रश्न उठाएर उनीहरुले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका हुन्।
प्रकाशित मिति: ११:३३ बजे, बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











