Kathmandu Press

ललिता निवास प्रकरणको वन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नभ्याइने’

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा रिट निवेदन ‘हेर्न नभ्याइने’ भएपछि पुनः सुनुवाईको पेशी सरेको छ।
ललिता निवास प्रकरणको वन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नभ्याइने’

काठमाडौं, असार १९ : ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदन ‘हेर्न नभ्याइने’ भएको छ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा रिट निवेदन ‘हेर्न नभ्याइने’ भएपछि पुनः सुनुवाईको पेशी सरेको छ।

थुना प्ररकणमा यसअघि सर्वोच्चबाट कारण देखाऊ आदेश जारी भएको थियो।

हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको प्रश्न उठाएर उनीहरुले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका हुन्। उनीहरु बिरामी भएका कारण अस्पतालमा भर्ना भएका छन्।

प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्