Kathmandu Press

मनाङ उपाधि होडबाट बाहिरियो

काठमाडौं, माघ २८ : डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको उपाधि होडबाट बाहिरिएको छ । लिगअन्तर्गत १२औं चरणको खेलमा त्रिभ....

मनाङ उपाधि होडबाट बाहिरियो

काठमाडौं, माघ २८ : डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको उपाधि होडबाट बाहिरिएको छ । लिगअन्तर्गत १२औं चरणको खेलमा त्रिभुवन आर्मी क्बल विजयी भएसँगै मनाङ उपाधि होडबाट बारिहएको हो।

लिगका दुई खेल खेल्न बाँकी छँदा मनाङको २२ अंक छ। शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २९ अंक छ भने दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको २८ अंक छ। लिगको अन्तिम खेलमा आर्मी र मच्छिन्द्र नै भिड्ने भएकाले मनाङ दुई खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिएको हो।

मनाङ आजै नेपाल पुलिस क्लबको सामना गर्दैछ। र, अन्तिम खेलमा उसले जावलाखेल युथ क्लबसको सामाना गर्नेछ। दुवै खेलमा जिते पनि मनाङको २८ अंक मात्र हुनेछ।

मनाङले लिगमा एक खेलमात्र हारेको छ। ११औं चरणमा च्यासल युथ क्लबसँग २–० ले पारजित भएको थियो। फ्रेन्ड्स, मच्छिन्द्र, हिमालयन शेर्पा र थ्री स्टारसँगको लागतर चार बराबरी नै मनाङको उपाधि होडबाट बाहिरिनुको कारण बन्यो। अझ फ्रेन्ड्स र हिमालयन शेर्पासँगको बराबरी त उसका लागि उपाधि रक्षाको अभियानमा प्रमुख बाधकका रुपमा रह्यो।

मनाङ एडिभिजन लिगको सर्वाधिक सफल टिम हो। मनाङले सर्वाधिक आठ पटक लिग उपाधि जितेको छ भने आरसिटी ६ र थ्री स्टार चार पटक च्याम्पियन बनेका छन्।

भरत खवासले बनाए कीर्तिमान

लिगअन्तर्गत मंगलबार ब्रिगेड बोइजविरुद्ध आर्मीलाई ३–० को जित दिलाउने क्रममा गोल गर्दै कप्तान भरत खवासले ए डिभिजन लिगमा कीर्तिमान बनाए। ब्रिगेड बोइजविरुद्ध पाँचौं मिनेटमा गोल गर्दै भरतले लिगमा ५० गोलको कोसेढुंगा पार गरे। यो सिजन भरतको लिगमा यो चौथो गोल हो।

लिगमा ५० गोल पूरा गर्ने भरत आठौं खेलाडी बनेका छन्। यसअघि सन्तोष साहुखल, बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष तामाङले ५० गोल पूरा गरेका छन्। साहुखलले लिगको एक सयौं गोलको कोशेढुंगा पनि पार गरेका छन्। यो उपलब्धि हाँसिल गर्ने उनी एक्ला खेलाडी हुन्।

 

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्