जेनेरेटरमा आगलागी भएपछिलुम्बिनी प्रदेशसभा बैठक स्थगित
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि आज (बुधबार) प्रदेशसभाको बैठक बसेकाे थियो।
दाङ, असार २० : लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ। जेनेरेटरमा आगलागी भएपछि बैठक स्थगित भएकाे हाे।
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि आज (बुधबार) प्रदेशसभाको बैठक बसेकाे थियो।
बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले बाेलेका थिए। विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता उनले जनाए।
त्यसपछि तुलसीप्रसाद चौधरी बोलिरहेका बेला विद्युत गएकाे थियाे। उनले सम्बोधन सकाएलगत्तै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए।
प्रकाशित मिति: १५:३२ बजे, बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












