Kathmandu Press

अकिब र मक्सुदले बनाए शतक, अमेरिकालाई २७७ रनको लक्ष्य

काठमाडाैं, माघ २८ : कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी विश्वकप क्रिकेट लिग-२ अन्र्तगतको क्रिकोणात्मक सिरिजमा ओमानले आफ्नो उत्कृष्ट प्रदर्शनलाई न....

अकिब र मक्सुदले बनाए शतक, अमेरिकालाई २७७ रनको लक्ष्य

काठमाडाैं, माघ २८ : कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी विश्वकप क्रिकेट लिग-२ अन्र्तगतको क्रिकोणात्मक सिरिजमा ओमानले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ।

टियू मैदानमा जारी खेलमा अकिब इल्यास र जिसन मक्सुदले शानदार शतक बनाएपछि ओमानले अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ।

कबिल इल्यास र जिसन मक्सुदले शतकीय इनिङ खेल्दै कीर्तिमानी साझेदारी गरेपछि ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७६ रनको विशाल स्कोर बनायो। मक्सुदले १०९ रन बनाए भने अकिबले १०५ रन बनाए।

मक्सदुले १०९ बलमा १० चौका ४ छक्का प्रहार गरे भने अकिबले १२३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यी दुईले तेस्रो विकेटका लागि २१६ रनको कीर्तिमानी साझेदारी गरेक थिए।

यो लिग–२ को सर्वाधिक ठूलो साझोदारी हो । यसअघि नेपालमाविरुद्ध यी दुईले नै १६७ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए।

अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरोनले समान ३ विकेट लिए।

प्रकाशित मिति: १४:०२ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्