६५ जना नगर प्रहरीका लागि काठमाडौं महानगर माग्याे निवेदन
महानगरपालिकाले आज (बुधबार) एक सूचना प्रकाशित गरेर सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा नगर प्रहरीमा लिने जनाएको छ ।
काठमाडौं, असार २० : काठमाडौं महानगरपालिकाले ६५ जना नगर प्रहरी माग गरेको छ।
महानगरपालिकाले आज (बुधबार) एक सूचना प्रकाशित गरेर सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा नगर प्रहरीमा लिने जनाएको छ ।
‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवदेनहरुमा सोही सूचीको योग्यता क्रम अनुसार करारमा भर्ना गरिन्छ,’ महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ।
सूचना प्रकाशित भएको १५ दिनभित्र निवेदन बुझाउन सकिने सूचनामा उल्लेख छ। निवेदनका साथमा नागरिकता र प्रवेश पत्रको प्रतिलिपि प्रशासन विभागमा बुझाउन भनिएको छ।
हेर्नुहोस् सूचना

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












