तलब नपाएको भन्दै आन्दोलनमा उत्रिए बिपी क्यान्सर अस्पतालका कर्मचारी
कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा कर्मचारीले तलब नपाएको र फार्मेसीमा औषधि पनि अभाव हुन थालेको बताइन्छ।
चितवन, असार २० : तीन महिनादेखि तलब नपाएको भन्दै चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
वैशाखयता तलब नपाएको भन्दै त्यहाँका कर्मचारीले आज (बुधबार) केहीबेर अस्पताल प्रशासन घेराउ गरेका छन्। कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा कर्मचारीले तलब नपाएको र फार्मेसीमा औषधि पनि अभाव हुन थालेको बताइन्छ।
कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएको थियो। त्यसपछि नयाँ कार्यकारी निर्देशक नियुक्त हुन सकेको छैन।
तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरुको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारीले बताए। अस्पतालको अध्यक्ष माओवादी केन्द्रनिकट व्यक्ति नियुक्त भइसकेकोले कार्यकारी निर्देशकमा कांग्रेसले दाबी गरिरहेको छ।
प्रकाशित मिति: १२:३३ बजे, बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










