१६ बर्षीय नसिमको विश्व रेकर्ड
काठमाडौं, माघ २८ : पाकिस्तानी युवा फास्ट बलर नसिम साहले टेस्ट क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्....

काठमाडौं, माघ २८ : पाकिस्तानी युवा फास्ट बलर नसिम साहले टेस्ट क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा ह्याट्रिक लिँदै नसिम टेस्ट क्रिकेटमा ह्याट्रिक लिने सबैभन्दा कान्छो खेलाडी बने । राउलपिण्डीमा सोमबार नसिमले दोस्रो इनिङको ४०औं ओभरको चौथो, पाचौं र छैठौं बलमा विकेट लिँदै नयाँ कीर्तिमान कायम गरेका थिए । उनले नजिमुल्लाह हुसेन, तइजुल इस्लाम र मोहम्मदुल्लाहलाई आउट गरेका थिए ।
उनी अहिले १६ वर्ष ३५९ दिनका भए । यसअघि यो कीर्तिमान बंगलादेशका लेगस्पिनर आलोक कपालीको नाममा थियो । उनले १९ वर्षको उमेरमा पाकिस्तानविरुद्ध सन् २००३ मा रेकर्ड आफ्नो नाममा लेखाएका थिए । नसिमको नाममा टेस्ट क्रिकेटमा अर्को रेकर्ड पनि छ ।
उनी टेस्ट क्रिकेटमा ५ विकेट लिने पनि कान्छो खेलाडी हुन् भने समग्रमा दोस्रो । उनले गत वर्ष श्रीलंकाविरुद्ध १६ वर्ष ३०७ दिन हुँदा यो उपलब्धि हाँसिल गरेका थिए । यसैबीच नसिमको उत्कृष्ट प्रदर्शनको मद्दतमा बंगलादेशविरुद्धको पहिलो टेस्ट पाकिस्तानले १ इनिङ र ४४ रनले जितेको छ ।











