गोकुल शर्मा बने एनआरएनए दक्षिण कोरिया जेजुदो प्रान्तको अध्यक्ष
तेस्रो अधिवेशनले गोकुल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा रेजिना शेर्पा, कोपिल राई र सरिता राई निर्वाचित भएका छन्।
कमाठमाडौं, असार १९ : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया जेजुदो प्रान्तको अध्यक्षमा गोकुल शर्मा निर्वाचित भएका छन्।
तेस्रो अधिवेशनले गोकुल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा रेजिना शेर्पा, कोपिल राई र सरिता राई निर्वाचित भएका छन्।
यस्तै, सचिवमा खगेन्द्र मोक्तान, सह–सचिवमा युवराज निरौला (राजन) निर्वाचित हुँदा कोषाध्यक्षमा सुरेन्द्रचन्द ठकुरी निर्वाचित भएका छन्। पुरन घर्तिमगर, प्रतिज्ञा लामा, बिरु खापुङ लिम्बू, रेनुका खड्का, डिजुङ शेर्पा, सानुमाया तामाङ सदस्यमा निर्वाचित भएका छन्।

कार्यवहाक अध्यक्ष सुनिता ब्लोनको अध्यक्षमा सम्पन्न अधिवेशनमा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन, आईसिसी सदस्य डा. विमल सुवेदी, एनआरएनए युवा संयोजक अमित थपलिया, आदीवसी जनजाती महासंघ जेजुदो शाखा अध्यक्ष गजिन हाङस्रोङ, किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा अध्यक्ष नविन थोक्लेन लिम्बूलगायतको उपस्थिति थियो ।












