दुर्घटनामा घाइते प्रा.डा. यादवको निधन
नेपाल राष्ट्रिय प्राध्यापक संघ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्रा.डा. यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन्।
सप्तरी, असार १८ : दुर्घटनामा घाइते सप्तरीका प्रा.डा. पञ्चदेव यादवको ६३ वर्षको उमेरमा सोमबार निधन भएको छ।
नेपाल राष्ट्रिय प्राध्यापक संघ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्रा.डा. यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन्।
प्रा.डा. यादवको साढे एक महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो।
यादव प्याब्सन सप्तरीको दुई कार्यकाल अध्यक्ष रही हाल प्याब्सन मधेस प्रदेशको प्राज्ञिक सल्लाहकार थिए। उनी सप्तरीमा क्रियाशील सामुदायिक सेवा केन्द्र र मैथिली साहित्य परिषद्को आजीवन सदस्य हुन्।
यादव गत जेठ ३ गते राजविराज नगरपालिका–२ स्थित राजविराज–हनुमाननगर सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए।
प्रकाशित मिति: १९:३६ बजे, सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार