आयरल्यान्डका पाउल स्टर्लिङ चितवनमा
काठमाडौं, माघ २७ : टेस्ट क्रिकेटको कान्छो सदस्य आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले लागतार दोस्रो सिजन एभरेस्ट प्रिमियर लिग इपिएल खेल्ने भएका छन् । आगाम....

काठमाडौं, माघ २७ : टेस्ट क्रिकेटको कान्छो सदस्य आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले लागतार दोस्रो सिजन एभरेस्ट प्रिमियर लिग इपिएल खेल्ने भएका छन् । आगामी चैत पहिलो साता हुने चौथो संस्करणको इपिएलका लागि चितवन टाइगर्समा आबद्ध भएका छन् ।
स्टर्लिङले अघिल्लो सिजन पनि चिवतनबाटै इपिएल खेलेका थिए । नयाँ सिजनमा चितवनमा आबद्ध उनी दोस्रो विदेशी खेलाडी हुन् । यसअघि चिवतनले अफगानिस्तानका विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्धन गरेको थियो । स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन् । स्टर्लिङले आयरल्यान्डबाट ३ टेस्ट, १ सय १७ वानडे र ७५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।
उनले टि–२० मा २०५२ र ओडिआईमा ४१२१ रन बनाएका छन् । उनले टि–२० मा १७ अर्धशतक बनाउँदा ओडिआईमा ८ शतक र २४ अर्धशतक बनाएका छन् । स्टर्लिङसँग बंगलादेश प्रिमियर लिग, टि–१० लिग र इंग्लिस काउन्टी क्रिकेट खेलेको अनुभव समेत छ । सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन् ।
आयरल्यान्डबाट उत्कृष्ट प्रदर्शन गरिरहेका स्टर्लिङबाट चितवनले पनि इपिएलमा त्यस्तै प्रदर्शनको अपेक्षा गरेको जनाएको छ । चितवनले उनको आगमनले टिममा नयाँ जोश प्रदान गरेको जनाएको छ ।











