Kathmandu Press

विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा

आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले राज्यले समाज रुपान्तरणका लागि प्रक्रियामुखी नभई कार्यमुखी भएर जानुपर्नेमा जोड दिए।
विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा

काठमाडाैं, असार १८ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन्। उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताए। 

आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले राज्यले समाज रुपान्तरणका लागि प्रक्रियामुखी नभई कार्यमुखी भएर जानुपर्नेमा जोड दिए।

'राज्य दीर्घकालीन विकासतर्फ अग्रसर नभई अझै प्रक्रियामै अल्झिरहेको छ,' उनले भने, 'हाम्रो राजनीति गर्ने तवरसमेत पछौटेपनमा आधारित छ, जहाँ एक दलले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेको अवस्था छ।'

हाम्रो दृष्टिकोण र सोचले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको तर्क गर्नुभएका मुख्यमन्त्री शर्माले जल, जङ्गल, जडीबुटी र प्रकृतिले धनी क्षेत्रको स्रोतको बेलैमा सदुपयोग गर्न सकिए कर्णाली एक्लैले सिङ्गो मुलुकलाई पाल्न सार्मथ्य राख्ने दाबी गरे।

उनले अहिलेसम्म बनेका ऐन नियममा देखिएको अन्तरविरोधलाई हटाएर ती सबै परिणाम देखिने गरी कार्यान्वयनमा ल्याउनतर्फ लाग्नुपर्ने जनाए। 

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्