Kathmandu Press

प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि पारित 

समितिका जेष्ठ सदस्य सांसद अमरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो।कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ।
प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि पारित 

काठमाडौं, असार १८ : प्रतिनिधि सभाअन्तर्गत रहेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, २०८० पारित गरिएको छ।

समितिका जेष्ठ सदस्य सांसद अमरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो।
कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ।

कार्यविधि अनुसार अब समितिको सभापति अनुपस्थित रहेको अवस्थामा समितिको जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै बैठक सञ्चालन गर्न पाउने व्यवस्था भएको छ।

बैठकका बारेमा समितिका सदस्यहरुलाई तीन दिन अगावै जानकारी गराउनुपर्ने लगायतका व्यवस्था समेत आन्तरिक कार्यविधिमा छन्। 
 

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्