Kathmandu Press

असारको तेस्राे साता ‘आइएमई पे’मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा 

एक हप्तामा ग्राहकले सो क्यासब्याक पटकपटक प्रयोग गर्न पाउनेछन्। 
असारको तेस्राे साता ‘आइएमई पे’मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा 

काठमाडौं, असार १५ : ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ।

असार १७ देखि सुरू भएकाे र २३ सम्म चल्ने साे अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत पानीको बिल भुक्तानी गर्दा रु. १०० सम्म १०५ छुट प्राप्त गर्न सक्नेछन्। एक हप्तामा ग्राहकले सो क्यासब्याक पटकपटक प्रयोग गर्न पाउनेछन्। 

साथै ग्राहकले बिजुलीको बिल आइएमई पेमार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ। सो क्यासब्याक एवं छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो। 

Hardik ivf

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

आइएमई पेका बारेमा

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

'आइएमई पे' आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याेट्ट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्तिव्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सपर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ।

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्