Kathmandu Press

खुलामञ्चमा विपद प्रतिकार्य अभ्यास

शहरी क्षेत्रमा ग्यास लिकका कारण हुने दुर्घटना, आगलागी नियन्त्रण तथा घाइतेहरुको उद्दार, सवारी दुर्घटनामा परेकाहरुको उद्दार र तीव्र उपचार विधि लगाएतका बिषयमा महानगरले प्रतिकार्य अभ्यासको प्रदर्शन गरेको थियो।
खुलामञ्चमा विपद प्रतिकार्य अभ्यास

काठमाडौं, असार १७ : काठमाडौंको खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्दार प्रतिकार्य अभ्यास गरिएको छ ।

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन बिभागको आयोजनामा आइतबार खुल्लामञ्चमा प्रतिकार्य अभ्यासको अन्तिम प्रदर्शन गरिएको हो। सो क्रममा अग्नि निवारण तथा सडक दुर्घटनाका घटनापछिको पूर्वतयारीका बारेमा अभ्यासमार्फत प्रदर्शनी गरिएको थियो।

Hardik ivf

शहरी क्षेत्रमा ग्यास लिकका कारण हुने दुर्घटना, आगलागी नियन्त्रण तथा घाइतेहरुको उद्दार, सवारी दुर्घटनामा परेकाहरुको उद्दार र तीव्र उपचार विधि लगाएतका बिषयमा महानगरले प्रतिकार्य अभ्यासको प्रदर्शन गरेको थियो।

उद्दार प्रतिकार्य अभ्यासमा सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस लगाएतको पनि सहभागीता रहेको थियो।

bipoad1688299706.jpg

प्रकाशित मिति: १७:५२ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्