Kathmandu Press

नारायणगढ–मुग्लिन सडकको पहिरो सफा गर्न समय लाग्ने

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए।
नारायणगढ–मुग्लिन सडकको पहिरो सफा गर्न समय लाग्ने
Hardik ivf

चितवन, असार १७ : नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ। अर्को ढिस्को पनि खस्ने अवस्थामा रहेको उनले बताए।

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ  छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ।

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्