Kathmandu Press

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल, कोषाध्यक्षमा फोटो पत्रकार थापा

शनिबार भएको समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल, कोषाध्यक्षमा फोटो पत्रकार थापा

काठमाडाैं, असार १६ : संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन्। शनिबार भएको समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

शनिबार भएको निर्वाचनमा उपाध्यक्षमा किरण दहाल र उपाध्यक्ष (महिला० सृजना घिमिरे विजयी भए । यस्तै, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा निर्वाचित भए।

Hardik ivf

यस्तै, समाजको कोषाध्यक्षमा फोटो पत्रकार अमुल थापा निर्वाचत भएका छन्। कार्यसमिति सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मत चनय भए। समावेशी सदस्यद्मा मीरा बस्नेत र अन्जना लामिछाने विजयी भए।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरुको साझा संगठनको रुपमा समाज रहेको छ।

प्रकाशित मिति: १९:५३ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्