Kathmandu Press

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै प्रदर्शन

नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै प्रदर्शन

काठमाडाैं, असार १६ : नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन्। त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाई गर्न नहुने उनीहरुको भनाइ छ।

प्रदर्शनमा सहभागीहरुले पञ्चायत ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोई, शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्