Kathmandu Press

आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

सबै सामुदायिक विद्यालयमा कम्प्युटर जडान भए पनि विद्युत् लाइन नहुँदाको समयमा ल्यापटप सहज हुने भएकाले ल्यापटप उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए।
आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

तनहुँ, असार १६ : जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र रहेका आठ सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप विद्यालयबाट माग भइआएका निवेदनका आधारमा ल्यापटप वितरण गरेको हो।  

सबै सामुदायिक विद्यालयमा कम्प्युटर जडान भए पनि विद्युत् लाइन नहुँदाको समयमा ल्यापटप सहज हुने भएकाले ल्यापटप उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए।

Hardik ivf

विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागबमोजिम प्राथमिकताका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए।  

प्रवक्ता दरैका अनुसार शुक्ला मावि, सहिदगङ्गा मावि, राधा आवासीय विद्यालय, महेन्द्रदोय, जयदुर्गा मावि, श्रृग मावि, सरस्वती आवासीय विद्यालय र शिवसरस्वती माविलाई ल्यापटप प्रदान गरिएको छ। 

गाउँपालिकाले ७० प्रतिशत र विद्यालयले ३० प्रतिशत लगानी गरेर खरिद गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। उहाँका अनुसार प्रतिल्यापटप रू ९० हजारका दरले खरिद गरिएको हो।

गाउँपालिकाभित्र रहेका ११ वटा मावि र ३४ आधारभूतसहित ४५ वटै सामुदायिक विद्यालयमा कम्प्युटर जडान गर्ने लक्ष्य रहेको उनले बताए।

अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष १० वटा विद्यालयलाई कम्प्युटर प्रदान गरिसकिएको छ। उनले भने, 'बाँकी रहेका अन्य विद्यालयलाई पनि क्रमिक रुपमा वितरण गर्दै प्रविधिमैत्री बनाइने छ।' 

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्