Kathmandu Press

खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

ललितपुर महानगरपालिका–१४, १५, २३ र २६ को खानेपानी सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिए।
खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

काठमाडाैं, असार १६ : खानेपानी मन्त्री महिन्द्र राय यादवले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन्। 

ललितपुर महानगरपालिका–१४, १५, २३ र २६ को खानेपानी सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिए।

Hardik ivf

उनले खानेपानीको सहज पहुँच आम जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै जनतालाई शुद्घ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको बताए।

कार्यक्रममा सांसद डा तोसिमा कार्की, प्रदेशसभा सदस्य रघुनाथ महर्जन, खानेपानी मन्त्रालयका कर्मचारी, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख राजेन्द्र सापकोटा तथा स्थानीय प्रभावित बासिन्दा कार्यक्रममा सहभागी थिए।

प्रकाशित मिति: १६:२६ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्