Kathmandu Press

स्वयम्भूको गजुर जीर्णोद्धार सुरु

हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार सुरु गरिएको हो।
स्वयम्भूको गजुर जीर्णोद्धार सुरु

काठमाडाैं, असार १६ : विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु गरिएको छ।

हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार सुरु गरिएको हो। पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौँ महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो।

Hardik ivf

काठमाडौँ–१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन्। सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको
अवलोकनका लागि पनि सर्वसाधारण मानिस आउने गरेको पाइएको छ।

प्राचीन सम्पदा भएकाले पुरातत्व विभागको परामर्श तथा अनुमति प्राप्त भएपछि मात्र जीर्णोद्वार प्रारम्भ गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु भर्ममूर्ति महास्थवीरले जानकारी दिए। उक्त महासमितिले यस क्षेत्रको सरसफाइ तथा आवश्यक संरक्षण गर्ने गरेको छ। बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा ठूलो हावाहुरीले क्षति पुर्‍याएको स्थानीयको भनाइ छ।

मर्मत तथा जीर्णोद्वारको काम सकिएपछि विशेष विधिअनुसार क्षमा पूजा गरी गजुर पुनःप्रतिस्थापन गरिने जनाइएको छ। चैत्यको आसपास क्षेत्रमा रहेका प्रतापपुर र शान्तिपुर मन्दिरले पनि त्यस क्षेत्रमा विशेष सौन्दर्य थपेको छ। यसअघि यी दुवै सम्पदाको पनि मर्मत गरिएको थियो। 

प्रकाशित मिति: १६:२० बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्