Kathmandu Press

अस्पतालको पानी ट्यांकीमा बालकको शव

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म घर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो। खोजी गर्ने क्रममा उनको शव अस्पतालको रिजर्भ ट्यांकीमा भेटिएको हो।
अस्पतालको पानी ट्यांकीमा बालकको शव

डोटी, असार १६ : डोटीमा निर्माणाधीन प्रादेशिक सरुवा अस्पतालको पानी ट्यांकीमा ८ वर्षीय बालकको शव भेटिएको छ।

ती बालक दिपायल सिलगढी नगरपालिका–५ गैराका दीपेश मलासी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म घर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो। खोजी गर्ने क्रममा उनको शव अस्पतालको रिजर्भ ट्यांकीमा भेटिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १५:०१ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्