एक खेलअघि नै रेलिगेसनमा पर्यो सरस्वती क्लब
काठमाडौं, माघ २७ : लिग नसकिँदै सरस्वती युथ क्लब रेलिगेसनमा परेको छ। सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा च्यासल युथ क्लबसँग पराजित भएपछि सर....

काठमाडौं, माघ २७ : लिग नसकिँदै सरस्वती युथ क्लब रेलिगेसनमा परेको छ। सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा च्यासल युथ क्लबसँग पराजित भएपछि सरवस्ती एक खेलअगावै रेलिगेसनमा परेको हो। सरस्वती च्यासलसँग २–१ ले पराजित भएको थियो।
लिमगा १२ खेल खेलेको सरस्वतीले १ जित, १ बराबरी र १० हार बेहोरोको छ। र, उसको ४ अंक मात्र छ। सोमबार नै भएको पखिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई पराजित गरेपछि रेलिगेसनबाट तत्कालका लागि बच्न सरस्वतीलाई जितको विकल्प थिएन। १३ औं स्थानमा रहेको एफिएफको ८ अंक छ।
सरस्वतीले एक मात्र जित हिमालयन शेर्पाविरुद्ध हात पारेको थियो। सो खेल सरस्वतीले ४–३ ले जितेको थियो भने ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो। सरस्वतीले क्लबले लिगका १२ खेलमा ८ गोल गर्दा ३० गोल खाएको छ। उसले मच्छिन्द्र क्लबसँग लिगकै फराकिलो ६–१ को हार बेहोरेको थियो।
एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलको जितमा जापानी ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे। सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए।
खेलको १८ औं मिनेटमा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। खेलको ६६ औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासललाई २–० को अग्रता दिलाए। इन्जुरी समयमा सरस्वतीका बुसारीले सान्तोना गोल गरेका थिए।











