महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगलागी, २५ जनाको मृत्यु
बसको टायर पड्किएपछि सडक किनारको खम्बामा ठोक्किएर डिभाइडरमाथि पर्दा बस पल्टिएको थियो । त्यस क्रममा बसको डिजेल ट्यांकी फुटेको र एक्कासी आगोले टिपेको जनाइएको छ।
नयाँदिल्ली, असार १६ : भारतको नागपुरबाट पुणेतर्फ गइरहेको बसमा अचानक आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ। शनिबार बिहान मुम्बई–नागपुर एक्सप्रेस वे (समृद्धि राजमार्ग)मा यात्रुबहाक बसमा आगलाती भएको हो।
बसको टायर पड्किएपछि सडक किनारको खम्बामा ठोक्किएर डिभाइडरमाथि पर्दा बस पल्टिएको थियो । त्यस क्रममा बसको डिजेल ट्यांकी फुटेको र एक्कासी आगोले टिपेको जनाइएको छ।
बसमा एक्कासी भीषण आगलागी हुँदा अधिकांश यात्रुले बाहिर निस्कने मौकै नपाएको र ठूलो संख्यामा हताहती भएको बताइएको छ।
महाराष्ट्र प्रहरीकाअनुसार उक्त बसमा ३३ यात्रु सवार थिए। निन्द्रामा रहेका कारण धेरै जसो यात्रीको मृत्यु भएको हो। बसको झ्यालको सिसा फुटाएर बाहिर निस्किएका ८ जनाले भने ज्यान बचाएका छन्।
प्रकाशित मिति: ०८:५६ बजे, शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार