Kathmandu Press

करेन्ट लागेर मजदुरको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन्।
करेन्ट लागेर मजदुरको मृत्यु

झापा, असार १५ : झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक  मजदुरको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन्।

Hardik ivf

आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो। 

सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्