बाजुरामा जिप दुर्घटना हुँदा ७ जना घाइते
१० जना यात्रु बोकेर कोल्टीबाट धुलाचौरका लागि छुटेको जिप दिउँसो साढे १ बजे सडकबाट करिब ३ मिटर तल खसेको प्रहरीले जनाएको छ।
बाबुरा, फागुन १४ : बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
१० जना यात्रु बोकेर कोल्टीबाट धुलाचौरका लागि छुटेको जिप दिउँसो साढे १ बजे सडकबाट करिब ३ मिटर तल खसेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जिप साइड दिने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षीय असल परियार, ३० वर्षीय पुन्न सार्की, ३० वर्षय नन्दकृष्ण सार्की, ४९ का कृष्णबहादुर सार्की र हिमाली गाउँपालिका वडा नं ४ की ३५ वर्षीया छम्मा सुनार, वडा नं ६ का वर्ष १८ का मान बहादुर सार्की सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












