नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।काठमाडाैं, असार १४ : सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो।
बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ।
यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन्।
प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदैबुधबार, मंसिर १२, २०८१
मार्फामा बढ्दै पर्यटक, गल्लीहरुको नामाकरण बुधबार, मंसिर १२, २०८१
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानीबुधबार, मंसिर १२, २०८१
यी भू-भागमा वर्षाको सम्भावनाबुधबार, मंसिर १२, २०८१