Kathmandu Press

‘नेपाल बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण ’

उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद  एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए। 
‘नेपाल बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण ’
Hardik ivf

दाङ, असार १४ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा) को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन्।

उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद  एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए। 

आज एक शुभकामना सन्देश जारी गर्दै प्रमुख शेरचनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताएका छन्। उनले यस्ता पर्वले नेपालीबीच एकता, प्रेम र सहिष्णुता कायम राख्दै सामाजिक न्यायसहितको समुन्नत राष्ट्र निर्माणमा सहयोग पुगोस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्