Kathmandu Press

‘चाडपर्वले विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा सघाउ पुग्छ’

उनले आज एक शुभकामना सन्देश जारी गर्दै रमजान पर्वको ७०औँ दिनमा मनाइने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं मुसलमान समुदायलाई सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामना गरेका हुन्।
‘चाडपर्वले विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा सघाउ पुग्छ’

हेटाैंडा, असार १४ : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै रमजान पर्वको ७०औँ दिनमा मनाइने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं मुसलमान समुदायलाई सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामना गरेका हुन्। उनले जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र एकताको सूत्रमा बाँधी राख्न यस पर्वबाट प्रेरणा मिओस् भन्ने शुभकामना दिएका छन्।

Hardik ivf

प्रदेश प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, 'रमजान पर्वको ७०औँ दिनमा मनाइने यस पर्वको सन्दर्भमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।'

हिजरी संवत्अनुसार एक हजार चार सय ४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ। मुस्लिम समुदायको अत्यन्त ठूलो पर्वका रूपमा रहेको बकर इदमा रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभभावना व्यक्त गर्ने गरिन्छ।

प्रमुख शर्माले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन गर्न सघाउ पुग्दछ भन्ने आफूले विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्