‘पुरानो त्यागेर नयाँ सोच, विचार र संस्कृतिको विकास गर्नु आवश्यक’
प्रदेश प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै कर्णालीवासी, देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन्।सुर्खेत, असार १४ : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुस्लिम धर्मावलम्बीको पर्व इदउल अज्हा (कर इद) को शुभकामना दिएका छन्।
प्रदेश प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै कर्णालीवासी, देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन्।
सन्देशमा भनिएको छ, 'आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसीका साथ पर्व मनाउन र पुरानो सोच तथा संस्कृतिको अन्त्य गर्दै नयाँ सोच, विचार र संस्कृतिको विकास गर्नु आवश्यक छ।'
नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका प्रदेश प्रमुख परियारले यस पर्वले नेपालीबीच सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१