Kathmandu Press

‘बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त देश भनेर चिनाउन चाडपर्वले विशेष भूमिका’

प्रदेश प्रमुख खापुङले शुभकामना सन्देश जारी गर्दै बकर इद पर्वको अवसरमा सम्पूर्ण ईस्लाम धर्मावलम्बी दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका कामना गरेका छन्।
‘बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त देश भनेर चिनाउन चाडपर्वले विशेष भूमिका’

काठमाडाैं, असार १४ : कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा) को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन्। प्रदेश प्रमुख खापुङले शुभकामना सन्देश जारी गर्दै बकर इद पर्वको अवसरमा सम्पूर्ण ईस्लाम धर्मावलम्बी दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका कामना गरेका छन्।

सन्देशमा उनले मुलुक बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त सुन्दर देश भनेर चिनाउन यस्ता चाडपर्वले विशेष भूमिका खेल्ने उल्लेख गरेका छन्। प्रदेश प्रमुख खापुङले बकर इद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक, सद्भाव राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याई हाम्रो संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन तथा विकास गर्नमा योगदान पुर्‍याउने विश्वास व्यक्त्त गरेका छन्।

Hardik ivf

त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद उल अजहा) २०८० को सुखद अवसरमा शुभकामना दिएका छन्। 

मुख्यमन्त्री कार्कीद्वारा जारी सन्देशमा बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ।

सन्देशमा उनले विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आआफ्नै मौलिक संस्कृति र पहिचान रहेको उल्लेख गरेका छन्।

मुख्यमन्त्री कार्कीले नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद उल अजाह) चाडको आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको उल्लेख गरकेा छन्। उनले मुस्लिम समुदायमा आपसी सद्भावको रुपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्