Kathmandu Press

संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छ : नेता खनाल

इस्लाम धर्मावलम्बीको पर्व इदउल अजहा (बकर इद) को अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।
संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छ : नेता खनाल

काठमाडाैं, असार १४ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा सबै जातजाति, समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्। 

इस्लाम धर्मावलम्बीको पर्व इदउल अजहा (बकर इद) को अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।

Hardik ivf

मुस्लिम समुदायले मनाउने इदपर्वले एकापसमा मेलमिलाप, भातृत्व तथा सामाजिक सद्भाव वृद्धि गरी सामाजिक विविधताभित्र एकताको भावना विकास गर्ने विज्ञप्तिमा भनिएको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले मुलुकलाई सांस्कृतिकरूपमा सम्पन्न बनाउन सकिने जनाउँदै विज्ञप्तिमा एकापसमा सहअस्तित्वका साथै प्रगति गर्न यो पर्वले उत्प्रेरित गर्ने उल्लेख गरिएको छ। 

समाजको मौलिक संस्कृति र रहनसहनलाई संवर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको विज्ञप्तिमा मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन हुने अपेक्षा व्यक्त गरिएको छ। 

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्