मदनकुमार भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम
जन्मजयन्तीका अवसरमा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले बिहीबार एमाले पार्टी कार्यालयमा मनोहरा खोला सफाइ एवं बृहत वृक्षरोपण कार्यक्रमको आयोजना गरेको थियो।
काठमाडाैं, असार १४ : जननेता मदनकुमार भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा नेकपा एमाले र एमालेका भातृसंगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
जन्मजयन्तीका अवसरमा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले बिहीबार एमाले पार्टी कार्यालयमा मनोहरा खोला सफाइ एवं बृहत वृक्षरोपण कार्यक्रमको आयोजना गरेको थियो।
सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा बरको बिरुवा रोप्नुभएको थियो भने मदन स्मृति चौतारीको उद्घाटन समेत गरे।
अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबीच अन्योन्याश्रिक सम्बन्ध रहेको धारणा राखे।
विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।
प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार