Kathmandu Press

उपत्यका प्रहरीको नाम जोडेर आएको समाचार झुटो: प्रहरी

उपत्यका प्रहरीको नाम जोडेर आएको समाचार झुटो: प्रहरी

काठमाडौं, असार १३ः काठमाडौं उपत्यका प्रहरी कार्यालय र कार्यालय प्रमुख श्यामलाल ज्ञवालीलाई जोडेर नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो भएको जनाइएको छ । 

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीद्वारा आज जारी सूचनामा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अनुसन्धानलाई जोडेर तथ्यहीन र भ्रमपूर्ण समाचार सार्वजनिक भएको भन्दै आपत्ति जनाइएको छ । 

Hardik ivf

कार्यालयले उक्त समाचारमा कुनै सत्यता नभएको समेत बताएको छ । यसले प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भएको सूचनामा उल्लेख छ ।

'प्रहरी संगठनको नेतृत्व र मातहतका निकायबीचको आदेश, कमान्डको श्रृंखला नै खल्बल्याउने, फाटो ल्याउने मनसायले लेखिएको यस्ता प्रकारका समाचार सामग्रीमा कुनै सत्यता नरहेको जानकारी गराउँदै जिम्मेवार सञ्चारसंस्थाले तथ्यमा आधारित रहेर मात्र समाचार प्रकाशन, प्रसारण गर्नुको साटो भ्रमपूर्ण सामग्री प्रकाशित गर्दै प्रहरी संगठनलाई विवादमा ल्याउन गरेको उक्त कार्य निन्दनीय छ', सूचनामा भनिएको छ ।

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्