रियल बेटिसमाथि बार्सिलोनाको ३-२ को जित, ओसासुनालाई रियल मड्रिडले ४-१ ले हरायो
काठमाडौं, माघ २७ : स्पेनिस लिगमा बार्सिलोनाले संघर्षपुर्ण जित हात पारेको छ। डिफेन्डर क्लेमेन्ट लेङ्गलेट खेलको ७२ औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले र....

काठमाडौं, माघ २७ : स्पेनिस लिगमा बार्सिलोनाले संघर्षपुर्ण जित हात पारेको छ। डिफेन्डर क्लेमेन्ट लेङ्गलेट खेलको ७२ औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले रियल बेटिसमाथि ३-२को संघर्षपूर्ण जित हात पारेको हो ।
खेलको छैटौं मिनेटमा रियल बेटिसका लागि सर्जिओ कानालेसले पेनाल्टीबाट गरेको गोलमा उसले अग्रता लिएको थियो। उक्त अग्रतालाई बार्सिलोनाले खेलको ९ औं मिनेटमा फ्रेन्की डि जोङ्गको गोलमा बराबरी गर्यो।
२६ औं मिनेटमा नबिल फकिरले गोल गर्दै रियल बेटिसलाई पुनः अग्रता दिलाए। त्यसपछि पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा सर्जियो बुस्क्वेट्सले पुनः गोल फर्काए र पहिलो हाफको २-२ को बराबरीमा सकियो। लेङ्गलेटले सो बराबरीलाई ७२ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको पक्षमा पारेका हुन्। खेलको ७६ औं मिनेटमा रियल बेटिसका फकिर पनि दोहोरो पहेंलो कार्डका कारण मैदान बाहिर पुगेका थिए।
यसैगरी आइतबार भएको अर्को खेलमा ओसासुनामाथि ४-१ को जित हात पार्दै रियल मड्रिड लिगको शिर्ष स्थानमा कायमै रहेको हो। लिगमा उसले जितका साथ दोश्रो स्थानमा रहेको निकट प्रतिष्पर्धी बार्सिलोनासँग ३ अंकको दुरी कायम राखेको छ।
ओसासुनालई ४-१ ले पराजित गर्ने क्रममा रियल मड्रिडले खेलको ३३, ३८, ८४ तथा अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गरेको थियो। उसका लागि ती गोलहरू क्रमशः इस्को, सर्जियो रामोस, लुकास भाज्क्वेज तथा जोभिकले गरेका थिए ।
यसैगरी ओसासुनाले फर्काएको एकमात्र गोल ग्रासियाले खेलको १४ औं मिनेटमा गरेका थिए। जितपछि लिगमा २३ खेलबाट रियल मड्रिडको ५२ अंक छ भने बार्सिलोनाको समान खेलबाट ४९ अंक रहेको छ।











