महाकाली करिडोरले सिँचाइ कुलो भत्काउँदा खेत बाँझै

बैतडी, असार १३ः महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण यहाँका किसानको खेत बाँझै रहेको हो ।
सिचाइँ कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझै रहेका स्थानीय धनसिंह मंगोलाले बताए । अहिले डिम्मर र मटयानीका ४५ किसानको खेत बाँझै छ ।
यसअघि खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहुँको उत्पादनमा समेत कमी आएको स्थानीय रामसिंह मंगोलाले बताए । मेसिनमा समस्या आएकाले उक्त क्षेत्रमा निर्माणको काम रोकिएको र लगत्तै सुरु गरिने त्यहाँको निर्माणको काम हेर्ने आयुश चन्दले बताए ।
नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघि करिडोर निर्माण थालिएको हो । महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ ।











![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)
