बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं, असार १२ : सरकारले मुस्लिम समुदायको महान पर्व इद उल अजाह अर्थात् बकर इदका अवसरमा यही असार १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज (मंगलबार) एक सूचना जारी गरेर बिदाबारे जानकारी दिएको हो।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र शुभकामना आदानप्रदान गर्ने गर्छन्।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्ने गर्छ।

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












