Kathmandu Press

जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

कनकासुन्दरी गाउँपालिका–८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

जुम्ला, असार १२ : जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

विद्युत्को तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको उनको भनाइ छ। करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ छन्।

प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्