Kathmandu Press

बसुन्धरामा फेला फरेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

शंकास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो।
बसुन्धरामा फेला फरेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौं, असार १२ : काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ।

शंकास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको राससलाई जानकारी दिए।

उक्त वस्तु आज बिहान ८:३० बजे फेला परेको थियो।

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्