Kathmandu Press

पाँच प्रदेशका एक,/दुई ठाउँमा ठूलो वर्षा, तराईमा हावाहुरीको सम्भावना

मौसमविद्का अनुसार दिउँसो कोशी र बाग्मती तथा राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
पाँच प्रदेशका एक,/दुई ठाउँमा ठूलो वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, असार १२ : आज पाँच प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार दिउँसो कोशी र बाग्मती तथा राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

Hardik ivf

बिहान काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो। अहिले भने धेरैजसो ठाउँमा घाम चर्किएको छ । अहिले घाम चर्किए पनि दिउँसो र बेलुका देशका धेरै ठाउँमा पानी पर्ने छ ।

यस्तै, आज मध्य र पूर्वी तराईका जिल्लामा हावाहुरी चल्ने अनुमान गरिएको छ । ठूलो वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले यसबाट हुन सक्ने जोखिम रोकथामका लागि सचेत हुन मौसमविद्को आग्रह छ । खेतीपातीको काम गर्दा, यात्रा र पर्वतारोहणमा निस्कँदा मौसमको जानकारी लिन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रकाशित मिति: ०८:०५ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्