Kathmandu Press

अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन

अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन
Hardik ivf

काठमाडौं, असार ११ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उपत्यकाका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन् । उनले आज उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कुनै कमी हुन नदिन निर्देशन दिएका हुन् । 

मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका लागि व्यवस्था मिलाउन आवश्यक कार्यहरू गर्न तथा कुनै पनि बिरामीको उपचार सेवाबाट वञ्चित हुन परेको कुरा आफूले सुन्न नपर्ने गरी काम गर्न निर्देशनसमेत दिएका छन् । 

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावल, कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौला, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी र राष्ट्रिय ट्रमा सेन्टरका डा. बद्री रिजालले सो अवसरमा सहभागी थिए ।

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्